play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

पूर्वी चितवनको खैरहनीमा टिपरमा ठोक्किएर घाईते भएका एक जनाको मृत्यु

0

चितवन, वैशाख १८-पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि आईतबार साँझ सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरी घाईते भएका थिए । उनको उपचारको क्रममा गयराती नै कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम आउने क्रममा रोकिराखेको ना ३ ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना ४० प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो । उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

Share.

Leave A Reply