play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

महाअभियोग निर्णयमा सत्तारुढ राप्रपाको विरोध, अरु पार्टी पनि असन्तुष्ट

0

बैशाख १७,
प्रधानन्यायाधीस सुसीला कार्कीमाथी महाअभियोग लगाउने कंग्रेस र माओबादीको कदमको सत्तारुढ दल राप्रपाले पनि बिरोध गरेको छ । राप्रपाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव न्यायिक स्वतन्त्रतामाथिको गम्भिर आक्रमण भएको बताएको छ । पार्टी अध्यक्ष कमल थापाले ट्वीटरमार्फत् प्रधानन्यायाधिस कार्की्बिरुद्ध कंग्रेस माओबादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । त्यस्तै नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका सबै अंग एकपछि अर्को भत्काएर देशलाई असफल बनाउन लागेकै हो त ? भन्दै प्रश्न गर्नुभएको छ । महाअभियोगको हतियार दुरुपयोग हुदै गए लोकतन्त्र असुरक्षामा पर्ने उहाँको भनाई छ । त्यस्तै साझा पार्टीले महाअभियोग प्रस्ताव दर्तालाई लोकतन्त्रकै उपहार भएको ठहर गरेको छ । साझा पार्टीले आज विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई अक्षुण राख्न महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ । यस्तो कार्यबाट लोकतन्त्र पनि संस्थागत नहुने र मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन पनि नसकिने विज्ञप्तिमा उल्लेख छ ।

Share.

Leave A Reply