play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

गैँडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

0

बैशाख १६,
चितवनको छुट्टाछुट्टै ठाउँमा गैँडाले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका–२८ सालबासस्थित जङ्गलमा घाँस काट्न गएकी स्थानीयवासी ५५ वर्षीया सुकमाया कुमालको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान १० बजेको समयमा जङ्गलमा घाँस काट्न गएकी कुमाल गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी पूर्वी चितवनको रत्ननगर नगरपालिका–११ पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न जाँदा कालिका नगरपालिका–१ डढुवा निवासी अन्दाजी ६५ वर्षीय भीमबहादुर पाख्रिन गैँडाको आक्रमणबाट घाइते भएका छन् । घाइते पाख्रिनको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply