बैशाख १४ ,नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबलमा आज अन्तिम सेमिफाईनल खेल हुने भएको छ । आज दिउसोँ शुरु हुने दोस्रो सेमिफाईनल खेलमा भरतपुर फुटबल क्लब र एभरेष्ट फुटबल क्लब बसेनी भिड्ने छन ।
यसअघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा नारायणगढ फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । नारायणगढ फुटबल क्लबले मुग्लिन फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
चैत्र २८ गतेबाट शुरु भएको प्रतियोगिता यहि बैशाख १६ गते सकिनेछ ।