बैशाख १२,
नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबल अन्तर्गत आज पनि क्वाटरफाईनलका दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा भरतपुर फुटबल क्लब र युनिक फुटबल क्लब बसेनी भिड्दैछन् । यस्तै आजै हुने दोस्रो खेलमा नारायणगढ फुटबल क्लब र टाँडी युनाईटेड टाँडी भिड्ने आयोजकले जनाएको छ ।
आजका खेलहरुसँगै क्वाटर फाईनलका खेलहरु सकिनेछन् । भोलीदेखि सेमिफाईनलका खेल हुने आयोजकले जानकारी दिएको छ ।
यसअघि हिजो भएका खेलहरुबाट एभरेष्ट फुटबल क्लब र मुग्लिन फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेका छन् ।
जिल्ला लिग फुटबलः क्वाटरफाईनलका दुई खेलहरु हुँदै
जिल्ला लिग फुटबलः क्वाटरफाईनलका दुई खेलहरु हुँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु