play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनका सबै वडामा उठने उमेदबारको नामवलि माओबादि केन्द्रले आज सार्बजनिक गर्दौ ,काङग्रेस ,एमाले र राप्रपा पनि उमेदबार छनौटको अन्तिम चरणमा

0

भरतपुर ,बैशाख ०९ । स्थानीय तह निर्वाचनका लागि चितवनका राजनीतिक दलहरु अन्तिम गृहकार्यमा लागेका छन । यद्यपी वडातहमा भने करिब करिब उम्मेदवार छनोट भइसकेको तीनवटै दलले जनाएका छन ।
यसैबिचमा आज सरकारको बागडोर सम्हालिरहेको माओबादि केन्द्रले आज जिल्लाका सबै वडाहरुमो उठाउने वडाअध्यक्षहरुको उमेदबार सार्बजनिक गर्नेछ । आज दिउसो १ बजे कृष्णपुरमा रहेको पार्टि कार्यालयमा पत्रकार सम्मेलन गर्दौ उमेदबारको नाम सार्बजनिक गर्ने माओबादि केन्द्र चितवनका ईञ्चार्ज ईश्वरी भट्ट्राईले जनाकारी दिनुभएको छ ।
यस्तै ससंदको ठुलो दल नेपालि काङग्रेसे पनि चितवनका अधिकाशं वडाहरुका वडा अध्यक्ष र केहि नगरापालिकाका प्रमुख पदमा उठाउने उमेदबारको टुङगो लगाएको जनाएको छ ।
यता नेकपा एमाले चितवनले पनि उम्मेदवार छनोट अन्तिममा र्पुयाएको पूर्व जिल्ला अध्यक्ष तथा नेता कृष्ण खनालले जानकारी दिनुभयो । यस्तै राप्रपाले पनि उमेदबार छनौट लाई अन्तिम चरणमा पुराएको राप्रपा जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाले जनाकारी दिनुभएको छ ।
चितवनमा अहिले भरतपुर महानगरपालिका सहित रत्ननगर, खैरहनी, राप्ती, माडी, कालिका नगरपालिका छन् भने ईच्छाकामना गाउँपालिका छ । ७ स्थानीय तहमा ७ जना प्रमुख र ७ जना उपप्रमुख, ९८ वडामा ९८ वडाध्यक्ष तथा सदस्यहरु ३९२ जना गरेर ५०४ निर्वा्चित हुने जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । २० जना प्रतिनिधि भने मनोनित गरीनेछ । जिल्लामा कुल ३ लाख १३ हजार २ मतदाता छन भने ३७६ वटा मतदान केन्द्र तोकिएको छ ।

Share.

Leave A Reply