बैशाख ०७,
नारायणगढको क्याम्पाचौरमा जारी चितवन जिल्ला लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा टाँडी युनाईटेड र पानस फुटवल क्लब भिड्दैछन् । यी दुई टिम बिचको खेल दिउँसो २ बजे पछि हुने छ । यस्तै आजको दोस्रो खेलमा भरतपुर फुटबल क्लब र नारायणी खेलकुद संघ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । लिग अन्तर्गत आज देखि तेस्रो चरणका खेलहरु हुन लागेका हुन् । यसअघि हिजो हुने भनिएका खेलहरु वर्षाका कारण १० गतेलाई सारिएको आयोजकले जनाएको छ ।
चितवन जिल्ला लिगः आज तेस्रो चरणका दुई खेल हुँदै
0
Share.