भरतपुर महानगरपालिका को मेयर पदका लागि एमालेले केशबलाल श्रेष्ठलाई उमेदबार बनाउने निश्चित

0

बैशाख ०३,नेकपा एमालेले भरतपुर महानगरपालिका को मेयर पदका लागि केशबलाल श्रेष्ठलाई उमेदबार बनाउने निश्चित भएको छ । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा श्रेष्ठले टिकट पाउने निश्चीत भएको तर आधीकारीकता दिन मात्रै बाकि रहेको स्रोतले जनाएको छ । उमेदबार छनौटका लागि बिशेष कार्यदल बनाएको एमालेले बैशाख ५ गते श्रेष्ठको नाम जिल्लामा पेष गर्ने र ७ गते सँम्ममा प्रदेश कमिटि र केन्द्रबाट समेत अनुमोदन भैसक्ने जानकारीमा आएको छ ।
यधपि आकांक्षि उमेदबारका रुपमा रहेका बिजय सुबेदि र देबि ज्ञावालिले पनि आफ्नो दाबी कायमै राखेका छन । भरतपुर २ का स्थायि बासिन्दा केशबलाल श्रेष्ठ पुर्ब स्थानिय बिकास मन्त्रि हुन् । एमालेका केन्द्रिय सल्लाहाकार समेत हुन् ।
उता नेपालि काङग्रेसमा भने अझै पनि मेयरको लागि टिकट कसले पाउने भन्ने टुङगो लागेको छैन । काङग्रेसबाट टेक प्रसाद गुरुङ ,मिलनबाबु श्रेष्ठ , डा सुर्यकान्त घिमिरे ,प्रकाश अधिकारी ,दिनेश कोईराला ,दिर्घमान श्रेष्ठ ,सुबोध प्रधान ,राजेश्वर खनाल र उत्तम जोसी लगायत ३४ जना आकाक्षि देखिएका छन । काङग्रेस चितवनले आगामी ७ गतेसम्म उमेदबार टुङगो लगाउने बताएको छ ।
यस्तै माओबादी केन्द्रमा भने नारायण दाहाल , सुर्य सुबेदि पथिक ,रेणु दाहाल लगायतको चर्चा रहेको छ ।

Share.

Leave A Reply