play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

चितवन जिल्ला लिगः जगतपुर विजयी, टाँडी र भरतपुर क्लबको बराबरी

0

चैत २९,
नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबलमा समुह बी अन्र्तगत आज भएको खेलमा नारायणी खेलकुद समिति, जगतपुर विजयी भएको छ । जगतपुरले पानस कृष्णपुरलाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफमा १–० ले पछि परेको कृष्णपुरले खेलको ६० औ मिनेटमा अर्को गोल खाँदै २–० ले पछि परेको थियो । कृष्णपुरले त्यस्को ७ मिनेट पछाडि गोल फर्काउदै खेल २–१ को अवस्थामा पु¥याएको हो ।
त्यस्तै आज नै भएको अर्को खेलमा टाँडी युनाइटेड र भरतपुर फुटबल क्लबबिचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ । बराबरीसँगै दुबैटोलीले एक–एक अंक बाँडेका छन् ।
यस्तै प्रतियोगिता अन्र्तगत भोली समुह सीका दुई खेल हुनेछन् । पहिलो खेलमा रामपुर फुटबल क्लब विरुद्ध नारायणी फुटबल क्लब भिड्नेछ भने दोश्रो खेलमा सौराहा युवा समाजले यात्रा गु्रपको सामना गर्नेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा चैत्र २८ देखि सुरु भएको प्रतियोगिता बैशाख १६ गतैसम्म चल्नेछ ।

Share.

Leave A Reply