play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

भूकम्प प्रभावित थप सत्र जिल्लामा आजदेखि अनुदान वितरण

0

२१ चैत – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ ।

प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्तावापतको ५० हजार वितरण गर्न लागेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान वितरण सुरु गर्नुहुने कार्यक्रम तय भएको छ ।

कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका दुई हजार २सय ३८ घरधुरीमध्ये लुम्लेमा १सय ६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् ।

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म ५सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ ।

बाँकी १सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणका सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताउनुभयो ।

प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क सङ्कलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको ५० हजार वितरण गर्न स्वीकृति दिइसकेको छ ।

Share.

Leave A Reply