१९ चैत – नेपाल आयल निगमले आजबाट युरो–४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ । सन २००७ मा नै युरो–४ मापदण्डको इन्धनको अवधारणा आएपनि सन २०१० मा विश्व बजारमा लागू भएको थियो ।
आज (अप्रिल १) देखि युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताउनुभयो । हाल नेपालले युरो–३ मापदण्डको इन्धन आयात र विररण गरिरहेको छ ।