चैत १७,
। भरतपुर महानगरपालिकामा बालबालिकाको सर्वेक्षण सुरु भएको छ। महानगरभित्र बालबालिकाको अवस्था पत्ता लगाई उनीहरूको अधिकार सुनिश्चित गर्न भन्दै बालबालिकाको सर्वेक्षण थालिएको हो। साविक भरतपुर उपमहानगरपालिकाको २९ वडालाई केन्द्रित गरेर अध्ययन थालिएको सामाजिक विकास अधिकृत तुलसीप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार अध्ययन करिब २ महिनामा पूरा हुनेछ। सर्वेक्षणका लागि एक सय २० जना गणक र २९ जना सुपरिवेक्षकहरु घरघरमा परिचालन गरिएको उनले बताए। यो क्षेत्रका ७० हजार घरमा पुगेर बालबालिकाको अवस्था, खोप लगाए्नलगाएको र बालश्रमको अवस्था गरेर तीन वटा कार्यक्रम एकैचोटी गर्ने गरी अध्ययन थालिएको छ। विसं २०७५ सम्ममा भरतपुरलाई बालमैत्री घोषणाका लागि यसरी अध्ययन थालिएको हो। यहाँ बालमैत्री स्थानिय शासन अभियान लागु भएको छ। उक्त अभियानमा ४१ वटा सूचक पार गर्नुपर्छ।
भरतपुर महानगरपालिकामा बाल सर्वेक्षण सुरु
भरतपुर महानगरपालिकामा बाल सर्वेक्षण सुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु