play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कञ्चनपुर घटनाका मृतक गौतमको परिवारलाई सरकारको राहत

0

चैत १२,
भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्बासका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले आज राहत रकम उपलब्ध गराएको छ ।
पुनर्बास पुगेर उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्वर्गिय गौतमकी पत्नी लक्ष्मी गौतमलाई १० लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै नेपाली कंग्रेसका तर्फबाट सङ्कलित ७ लाख रुपैयाँ पनि निधिले गौतमका परिवारलाई हस्तान्तरण गर्नुभएको छ । उपप्रधानमन्त्री निधिले घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता भारत पक्षबाट पनि आएकाले त्यतिकै साम्य नहुने बताउनुभयो । भारतीय पक्षले घटनाबारे माफी माग्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रको सार्वभौसत्ता र अखण्डतामाथिको प्रहारको रुपमा गौतमको हत्यालाई सरकारले लिएको भन्दै गृहमन्त्री निभिले दोषीमाथि कारबाही भएरै छाड्ने विश्वास दिलाउनु भएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
कञ्चनपुरको आनन्दबजारमा कल्भर्ट निर्माणको विषयमा विवाद उत्पन्न हुँदा भारतीय सुरक्षाकर्मी गोली प्रहार गरी गत फागुन २६ गते गौतमको हत्या गरेका थिए । यसअघि नेकपा एमालेले गौतमका परिवारलाई ५ लाख र माओवादी केन्द्रले ६ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

Share.

Leave A Reply