play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

स्थानीय निर्वाचनमा उम्मेद्वार छनौटका लागि एमालेद्वारा मापदण्ड तय

0

चैत १०,
प्रमुख प्रतिपक्षी दल एमालेले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार छनौटका लागि मापदण्ड बनाएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको स्थायी समिति बैठकले उम्मेद्वार छनौटका विभिन्न ८ वटा मापदण्ड तय गरेको हो ।
एमालेले उम्मेद्वारीका लागी पार्टीमा निरन्तर लागेको, प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्ने लगायतका मापदण्ड बनाएको छ । यस्तै बैठकले उम्मेद्वार छनौटको विधी पनि तय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार जिल्ला समितिको सिफारिसमा प्रदेश समितिले अनुमोदन गरेपछि स्थायी समितिले अन्तिम रुप दिने निर्णय भएको भट्टराईले बताउनुभयो ।
गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार प्रदेश समितिले छनोट गर्ने र त्यसमा पनि सम्वन्धित तहको सिफारिस र जिल्लाको राय चाहिने एमालेले जनाएको छ । वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा, गाउँनगर कमिटीको सल्लाहमा जिल्ला समितिले टुंगो लगाउने बिधि बनाइएको छ । स्थानीय तहको निर्वाचनमा बागी उठने र समर्थक र प्रस्तावक बस्नेलाई तत्काल कारबाही गर्ने निर्णय समेत एमालेले गरेको छ ।

Share.

Leave A Reply