चैत्र ९ ।
नेपाल पत्रकार महासंघको ११ औं अधिवेशनमा विधान मिचेर पार्सद चयन गरिएको भन्दै स्वतन्त्र पत्रकारहरुले विरोध जनाएका छन् ।
विरोधस्वरुप महासंघ कार्यालय अगाडि आज प्ले कार्डसहित मौन प्रदर्शन गरिएको छ । मौन प्रर्दशमा मिल्नुस तर विधि विधान ननिल्नुस, जस्ता नारासहितको प्ले कार्ड प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा स्वतन्त्र पत्रकार रमेशकुमार पौडेल, राजु चौधरी, बसन्त ढुंगाना, विमर्श कँडेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, जिल्ला अध्यक्ष सूर्य बराल, मिडिया नेपालका जिल्ला अध्यक्ष शंकर निर्देशलगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार राजु चौधरीले चौथो अंगको रुपमा रहेको पत्रकारहरुको संस्था पत्रकार महासंघ नै विधान मिचेर अघि बढ्न लागेकोले मौन प्रदर्शन गरिएको बताउनुभयो । उहाँले विधान विपरीत कार्य नरोकिए सम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
पत्रकार महासंघको विधान अनुसार २३ जना केन्द्रीय पार्सद चयन गर्नुपर्नेमा अहिले विधान विपरीत केन्द्रीय पार्सद थप गरिएको छ ।
पत्रकार महासंघको विधान मिचेको भन्दै मौन प्रदर्शन
0
Share.