८ चैत – इराकमा राजधानी बग्दादमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
इराकमा पछिल्ला समयको आतंकवादी आक्रमणपछि १ लाख ८० हजार जनता पलायन भइसकेका छन् ।