play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

संसद बैठक आजपनि बस्दै

0

७ चैत – व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन क्षेत्र निर्धारण विधेयक र वडा निर्धारण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजो बसेको संसद बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले पेश गरेका पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक, प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयकलाई छलफलका लागि समितिमा पठाउने निर्णय गरेको थियो ।

Share.

Leave A Reply