play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

गैँडाको २१ वटा खाग बरामद

0

चैत २ – थाइल्याण्डमा गैँडाका २१ वटा खाग स्थानीय प्रहरीले बरामद गरेको छ । इथियोपियाबाट पठाइएको झोलाको खानतलासी गर्दा गैँडाका २१ वटा खाग बरामद भएको हो । बरामद भएको खागको मूल्य ५० लाख अमेरिकी डलर भन्दा धेरै पर्ने सरकारी अधिकारीले बताएका छन् । थाइल्याण्डमा एकै पटक बरामद गरिएको यो अहिलेसम्मकै धेरै गैँडाको खाग भित्र पर्ने त्यहाँका अधिकारीको भनाई छ । थाइल्याण्डमा केही दिनअघि तीन सय किलो हात्तीको दारा पनि बरामद भएको थियो । थाइल्याण्ड वन्यजन्तुको अवैध चोरीशिकारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।

गैँडाका विभिन्न प्रजाति अहिले लोप हुने खतरामा रहेको र त्यसको मुख्य कारण खागका लागि हुने चोरीशिकार नै प्रमुख कारण रहेको संरक्षणकर्मीले बताएका छन् । प्रहरीले राजधानी बैंककको अन्तर्राष्ट्रिय विमानस्थलबाट खाग बरामद गरेको बिबिसीले जनाएको छ ।

इथियोपियबाट आएको विमानमा रहेको खागसहितको झोला निल भियतनाम र कम्बोडियाहुँदै दुई जना थाइ महिला बैंकक आएका थिए । झोला चेक गर्ने क्रममा ति महिला भागेको र झोलामा खाग भेटिएको प्रहरीले जनाएको छ ।

थाइल्याण्ड भित्र र बाहिर गरी धेरै मानिसको संलग्नतामा खागको तस्करी भएको र यसविषयमा छानबिन भइरहेको थाइ प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply