play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सरकारलाई दिएको समर्थनका विषयमा मोर्चाले भोलि निर्णय लिने

0

चैत्र ०१,
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थनका विषयमा भोलि शीर्षस्थ नेताको बैठकवाट निर्णय गर्ने भएको छ । राजधानीको बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा आज बसेको मोर्चाको सचिवालय बैठकले सरकारलाई दिएको एक साताको अल्टिमेटम सकिने भएकाले भोलिका लागी शिर्षस्थ नेताको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकमा एक साताको अल्टिमेटम, माग सम्बोधनका लागि सरकारको पहल र भावी रणनीतिबारे छलफल भएको सद्भावना पार्टीका महासचिब मनिषकुमार सुमनले जानकारी दिनुभयो । सात दिनको अवधिमा सरकारले आफुहरुको मागबारे खासै चासो नराखेको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरवहादुर देउवाले भने संशोधन प्रस्ताव पारित गर्न प्रयास गरिरहेको भन्दै समर्थन फिर्ता नलिन मोर्चालाइ आग्रह गर्दै आउनुभएको छ ।

Share.

Leave A Reply