play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालगन्ज गोल्डकपः रुपन्देही–११ फाइनलमा

0

चैत्र ०१,
विभागीय टोली नेपाल पुलिस क्लबलाई रोक्दै प्रदेश ५ को ए डिभिजन टोली रुपन्देही–११ नेपालगञ्जमा जारी टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकपको फाइनलमा पुगेको छ । नेपालगन्जको महेन्द्र रंगशालामा आज अपरान्ह भएको रोमान्चक सेमिफाइनल खेलमा रुपन्देही–११ ले पुलिस क्लबमाथि २–१ गोलको जित निकालेको हो । पहिलो हाफको ३३औं मिनेटमा डी एरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पुलिसका जुमानु राईले आफ्नो टिमलाई एक गोलको अग्रता दिलाए । त्यसको तीन मिनेटमै रुपन्देही–११ ले गोल फर्कायो । ३६ औं मिनेटमा रुपन्देहीका अमर डंगोलले फ्रि किकमा आएको बललाई हेडिङ गर्दै आकर्षक गोलमा परिणत गरेका थिए ।
योसँगै रुपन्देहीले पुलिससँग बूढासुब्बामा १–० को हारको बदला लिएको छ । रुपन्देही–११ ले उपाधिका लागि पर्सि बिहीबार संकटासँग खेल्नेछ ।

Share.

Leave A Reply