play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

मंगलबार रियाल, दिर्हामको मूल्य स्थिर

0

चैत १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३४ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १८ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९० पैसा र विक्रिदर २४ रुपैयाँ ०३ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र विक्रिदर ९ रुपैयाँ ३२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४७ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ७० पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८१ रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply