play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

हाइटीः मानिसको भिडमा एक्कासी गाडी चलाउँदा ३४ जनाको मृत्यु

0

न ३० – हाइटीमा तीब्र गतिमा रहेको बसले एक्कासी दिशा परिर्वतन गरेर मानिसको भिडमा लैजाँदा कम्तिमा ३४ जनाको ज्यान गएको छ । राजधानी पोर्ट–ओ–प्रिन्सबाट एक सय ५० किलोमिटर पर रहेको गोनाइभ्स शहरमा यो घटना भएको हो । बसले पहिले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

त्यसमा एक जनाको ज्यान गएको र त्यसलगतै ड्राइभरले गाडीको दिशा परिवर्तन गरी बाटोमा रहेका संगीतकर्मीको समूहमा गाडी चलाएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा केही मानिस घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतलामा भर्ना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । मानिसको भिडमा गाडी चलाएपछि ड्राइभर भाग्ने प्रयास गरेपछि भागदौड स्थिति तनावग्रस्त बनेको थियो । त्यसले गर्दा ज्यान जानेको संख्या बढेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि स्थानीयले गाडी जलाउने प्रयास गरेका थिए ।

अहिले बस तथा त्यसका ड्राभर आफूहरुको नियन्त्रणमा रहेको सरकारी अधिकारीले बताएका छन् । ड्राइभरले एक्कासी गाडीको दिशा परिवर्तन गर्नुको कारण भने खुलेको छैन ।

Share.

Leave A Reply