play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री दिए होलीको शुभकामना

0

२९ फागुन – रंगहरुको पर्व होलीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनु भएको छ । उहाले विभिन्न रंगहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यो पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत र्पुयाउँदै आएको बताउनुभयो ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै रंगहरुको पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग र्पुयाउने विश्वास व्यक्त गर्नु भएको छ । उहाले यो पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शुभकामना सन्देश जारी गर्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताउनु भएको छ । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउने उहाँको सन्देशमा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply