play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

इराकः ५०० जनाको सामूहिक चिहान भेटियो

0

फागुन २९ – इराकको मोसुल नजिकै पाँच सय जना मानिसको शव रहेको सामूहिक चिहान भेटिएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुल नजिकैको बाडोउसमा रहेको जेलमा झण्डै पाँच सय जनाको शव रहेको सामूहिक चिहान भेटिएको इराकी सेनाले जनाएको छ । शिया समुदायको नेतृत्व रहेको अल–शाबी समूहले चिहानमा भेटिएका शव सर्वसाधारण कैदी रहेको जनाएको छ । उनीहरुलाई आइएसले हत्या गरेर एउटै चिहानमा गाडेको उसको भनाई छ ।

सन् २०१४ मा मोसुल कब्जामा गर्ने क्रममा आइएसले ६ सय भन्दा धेरै कैदीको हत्या गरेको आरोप छ । त्यसमा धेरैजसो शिया मुसलमान छन् । आइएसको कब्जामा रहेको बाडोउश जेल केही दिनअघि सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

ह्युमन राइट्स वाचले सन् २०१४ मा सार्वजनिक गरेको प्रतिवेदनमा पनि आइएसले मोसुल कब्जामा लिने क्रममा सयौं पुरुष कैदीको हत्या गरेको उल्लेख गरिएको थियो ।

Share.

Leave A Reply