play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

देशभरको मौसम आज बिहानैदेखि सफा, जिरीमा धेरै पानी पर्‍यो

0

फागुन २९ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले खुलेको छ । दुई दिन पानी पारेको पश्चिमी वायु नेपालबाट हटिसकेकाले आइतबार बिहानैदेखि मौसम खुलेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार पहाडी क्षेत्रका एकदुई ठाउँमा दिउँसोपछि हल्का पानी पर्नेछ ।

अरु ठाउँको मौसम आशिंक बदली हुनेछ । गएको २४ घण्टामा देशैभरि पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा धेरै जिरीमा ३६ दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै सबैभन्दा थोरै दिपायलमा १ मिलिमिटर पानी परेको छ ।

यस्तै लुम्लेमा ३६ मिलिमिटर, काठमाडौंमा ३२ दशमलव २ मिलिमिटर, ताप्लेजुङमा १८ दशमलव १ मिलिमिटर, सिमरामा १९ दशमलव २ मिलिमिटर,  ओखलढुंगामा १६ दशमलव ७ मिलिमिटर,  जनकपुरमा १६ दशमलव ४ मिलिमिटर, धनकुटामा १५ मिलिमिटर, धरानमा १४ दशमलव ९ मिलिमिटर, जुम्लामा १२ मिलिमिटर, पोखरामा ११ दशमलव ६ मिलिमिटर, भैरहवामा ६ दशमलव १ मिलिमिटर र विराटनगरमा १ दशमलव ४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

प्रि–मनसुन सुरु भइसकेकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले दिउँसोपछि एक्कासी मौसम बदली भइ गड्याङगुडुङसहित हावाहुरी चल्ने तथा पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद समिर श्रेष्ठले आग्रह गर्नुभयो ।

उहाँका अनुसार प्रि–मनसुनमा हावाहुरी, बतास चल्नु र गड्याङगुडुङसहित हल्का पानी पर्नु सामान्य हो । केहीदिनअघि सुरु प्रि–मनसुन अबको तीन महिना सामान्यतया चैत, वैशाख र जेठसम्म रहने उहाँले जानकारी दिनुभयो । यो समयमा नजिकै पानी परे पनि अर्को ठाउँको मौसम सफा हुन सक्छ ।

Share.

Leave A Reply