पुनर्वासको आनन्द बजार निषेधीत क्षेत्र घोषणा

0

फागुन २८ – कञ्चनपुरको पुनर्वासस्थित आनन्द बजारलगायत आसपासका क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरिएको छ । स्थानीय प्रशासनले सम्भावित घटनालाई मध्यनजर गर्दै आनन्द बजारलगायत आसपासका क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरेको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट ज्यान गएका गोविन्द गौतमको शव पोष्टमार्टम गरेर शनिबार घर लगिने भएकाले कुनै अप्रिय घटना नहोस भनेर सो क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिनुभयो । यसअघि मृतकका आफन्तले शहीद घोषणा र उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै शवको पोष्टमार्टम गर्न तथा शव बुझ्न अस्वीकार गरेका थिए ।

मृतकका आफन्तले सरकारले शहीद घोषणा र राहत स्वरुप १० लाख रुपैयाँ दिने भनेर गरेको निर्णयको लिखित प्रमाण उपलब्ध भए मात्र शव बुझ्ने बताएकाले माथिल्लो निकायसँग सो बारे कुरा भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । उहाँले प्रमाण प्राप्त हुनासाथ शवको पोष्टमार्टम गरेर परिवार तथा आफन्तलाई बुझाइने जानकारी दिनुभयो ।

Share.

Leave A Reply