फागुन २८ – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गए राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासमा मूल्य बढे पनि पेट्रोल र डिजलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।