फागुन २८-
प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान केहिवेरमा चितवन आउदै छ ।मकवानपुरको हेटौँडामा शुक्रबार विशेष कार्यक्रम गरेको एमालेले आज चितवन र नवलपुरमा विशाल सभा गर्दै छ । चितवनमा हुने सभालाई एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
अभियानमा सहभागी टोली चितवन प्रस्थान गरिसकेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
झापाबाट शुरु भएको एमालेको मेची महाकाली अभियान सप्तरी घटनापछि केही दिनका लागि स्थगित भएको थियो । अभियान पुनः शुक्रबारबाट शुरु भएको छ ।