play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

नेपाल भर्सेस केन्या : अम्पायर पिच निरीक्षण गर्दै, दर्शक छाता ओढेर खेल पर्खंदै

0

फागुन २८ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिच शनिबार त्रिवी क्रिकेट मैदानमा खेल हुँदैछ । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि पानी परेपछि समस्या आएको हो । कीर्तिपुरमा छाता ओढेर दर्शकहरु खेल पर्खिरहेका छन् ।

अम्यारले अहिले पिच र मैदानको अवस्था निरीक्षण गरिरहेका छन् । आउट फिल्डमा पानी सोसेर सफा गर्ने काम पनि भइरहेको छ । केहीबेरमा खेलबारे निर्णय हुनेछ । दुबै टिमका खेलाडी अहिले मैदान प्रवेश गरेका छन् । उनीहरु पविलियनमा बसेर खेलबारे निर्णय फर्खिरहेका छन् । शनिबार खेल कतिबेला सुरु हुने भन्ने अम्पायरले पिचको अवलोकन गरेपछि थाहा हुने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले बताउनुभएको छ ।

शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले खेल सुरु हुने समयबारे अन्यौल भएको हो । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।  अम्पायरले पिच हेरेपछि खेल अलि ढिलो सुरु गर्ने, ओभर घटाउने वा आइतबारका लागि सार्ने तय हुनेछ । खेल ढिलो सुुरु भएर शनिबार पहिलो इनिङमात्र भ्याइएको अवस्थामा दोश्रो इनिङ आइतबार खेलाइनेछ । खेल सुरु हुन नसके आइतबार सुरुदेखि नै खेल हुने टमाटाले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply