चिसोका कारण जनजीवन कष्टकर

0

फागनु २८ – बिहीबार रातिदेखि अविरल वर्षासँग भएको हिमपातका कारण चिसो बढेपछि रसुवाको जनजीवन प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि जिल्लाको उत्तरी क्षेत्रमा हिउँ परिरहेको छ । चिसोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । विशेषगरी जिल्लाको उत्तरी क्षेत्रमा रहेका थुमन, वृद्धिम लाङटाङ, हाकु, धुन्चे, स्याफ्रु लगायतको क्षेत्रमा हिमपातका कारण मानिसहरु घरबाहिर निस्कन नसकेका हुन् । थुमनका शिक्षक हरीशरण लामिछानेका अनुसार चिसोका कारण घरभित्र नै आगो तापेर बसिरहेका छन् ।

भूकम्पपछि टहरामा बस्दै आएका महिला, बालबालिका तथा वृद्धवृद्धा बढी मर्कामा परेका छन् । रसुवामा अहिले पानीसँगै हिमपात हुनुका साथै बाक्लो हुस्सु लागेको छ ।

Share.

Leave A Reply