फागुन २७ – नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ ।
भारतबाट ग्यासको मूल्य बढेर आएकाले निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ । ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा रहेको निगम प्रवक्ता पोखरेलले बताउनुभयो ।
खाना पकाउने ग्यासमा मूल्य बढाएको निगमले पेट्रोल र डिजलको मूल्य भने यथावत राखेको छ ।