play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गाविस संरचनाहरु भंग भएको घोषणा

0

२७ फागुन,  सरकारले बिगत करीव २५ वर्षदेखि अस्थित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।

 

स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।

उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने- ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्तित्वमा  आएका छन् ।’

अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन् ।

२०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।

Share.

Leave A Reply