फागुन २७ – मौसम बदली भएसँगै काठमाडौं उपत्यकासहित देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविदले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण देशैभरको मौसम बदली भएको र पश्चिमी क्षेत्रमा पानी परिरहेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अरु ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ ।
यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । शनिबार बेलुकादेखि मात्रै मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिनुभयो । मौसममा बदली भएसँगै तापक्रम घट्दा शुक्रबार अघिल्ला दिनभन्दा चिसो छ ।