play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

जाजरकोटमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, ४० भन्दा बढि घाइते

0

फागुन २६,
जाजरकोटको भेरीमालिका नगरपालिका ४, बोहरागाउँ नजिक यात्रुबस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४१ जना घाईते भएका छन् । घाईतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ ।
दिउँसो साढे ४ बजेतिर सदरमुकाम खलंगा बसपार्कबाट छुटेको ना ३ ख २२७९ नम्बरको भेरी गंगा यातायात व्यवसायी समितिको बस बसपार्कदेखि झण्डै तीन किलोमिटर पर पुग्नेबित्तिकै दुर्घटनामा परेको थियो । बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारे डाँडा मोडबाट २ सय मीटर तल पासागाँड खोलामा खसेको हो । घटनास्थलबाट २३ शव निकालेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । थप हताहती भएको आंशकामा नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीे खोजीकार्य जारी राखेका छन् । मृतकको सनाखत भएको छैन । सो बसमा ५० बढी यात्रु सवार भएको अनुमान प्रहरीले गरेको छ । क्षमता भन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीब्र बेगमा गुडेको बस चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि आज नै कार्यक्रमको शिलशिलामा सदरमुकाम आउनु भएको थियो । उहाँ अहिले जिल्ला अस्पतालमा घाइतेको अवस्था हेर्न पुग्नुभएको छ ।

Share.

Leave A Reply