play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

0

फागुन २६,
फुटवलको विश्व वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफाले आज जारी गरेको वरियतामा नेपाल तीन स्थान माथि उक्लिदैं १ सय ७० औं स्थानमा पुगेको छ ।
दक्षिण एशियाली तालिकामा भारत सबैभन्दा माथि १ सय ३२ औं स्थानमा रहेको छ । सो तालिकामा भारत दुई स्थान तल झरेको छ । मालदिभ्स १ सय ४०औँ स्थानमा तथा पाँच स्थान तल झरेको अफगानिस्तान १ सय ५६ औं स्थानमा रहेको छ । नेपालभन्दा मुनि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १ सय ७७, तीन स्थान खस्केको बंगलादेश १ सय ९३, श्रीलंका एक स्थान तल १ सय ९७ र पाकिस्तान १ सय ९८ औं स्थानमा यथावत छ । यो महिनाको वरियतामा शीर्ष दश स्थानमा रहने राष्ट्रमा कुनै परिवर्तन छैन । विश्व वरियतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । त्यस्तै चिली चौथो, बेल्जियम पाँचौ, फ्रान्स छैटौं र कोलम्बिया सातौंमा छन् । पोर्चुगल आठौं, उरुग्वे नवौं र स्पेन दशौं स्थानमा यथावत छन् ।

Share.

Leave A Reply