फागुन २६,
च्याम्पियन्स लिग अन्तर्गतको गएरातिको खेलमा बार्सिलोनाले अपत्यारीलो जित निकालेको छ । बार्साले गएरातिको खेलमा पेरिस सेन्ट जर्मनीलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै बार्सिलोना लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ४–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै दोस्रो लेगमा ६–१ को जित निकालेको बार्सिलोना पेरिस सेन्ट जर्मेन पिएसजीलाई समग्रमा ६–५ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाका मिडफिल्डर इभान रेकिटिकले पिएसजीसँगको दोस्रो लेगको नतिजा आश्चर्यजनक र पत्याउनै गाह्रो हुने रहेको बताएका छन् । बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले अविश्मरणीय जित रहेको उल्लेख गरेका छन् ।
बार्सिलोनाको अपत्यारीलो जित, पिएसजीलाई ६–१ले हराउँदै क्वाटरफाईनलमा
0
Share.