play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

इब्राहिमोविचलाई तीन खेलको प्रतिबन्ध

0

फागुन २५ – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएको शनिबार बेलुका भएको बोर्नमाउथसँगको खेलमा खेलभावना विपरितको व्यवहार देखाएको भन्दै फुटबल एसोसिएसन एफएले इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो । लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग १–१ को बराबरीमा रोकिएको थियो । यो खेलको पहिलो हाफको अन्तिम तिर टाइरोन मिनग्सले इब्राहिमोविचको टाउकोमा हिर्काए । त्यस त्यो नियतबस नगरिएको मिनग्सले बताए ।

त्यसको केही समयपछि इब्राहिमोविच र मिनग्सबिच फेरि बलका लागि प्रतिस्पर्धा भयो । त्यसक्रममा इब्राहिमोविचले मिनग्सको अनुहारमा कुहिनोले हाने । इब्राहिमोविचले भने मिनग्स आफ्नो कुहिनोमा हामफालेको बताए । तर दुवै खेलाडी रातो कार्डबाट बँचे । सञ्चारमाध्यमले भने दुवै खेलाडीले रातो कार्ड पाउनु पर्ने बताएका थिए । एफएले घटनाको छानबिन गर्दै इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो । एफएले बोर्नमाउथका मिनग्सलाई पनि कारवाही गरेको छ । बोर्नमाउथले भने कारवाही विरुद्ध अपिल गर्ने जनाएको छ । इब्राहिमोविचले आउँदो सोमबार हुने एफए कप क्वाटरफाइनलको चेल्सीसँगको खेल तथा प्रिमियर लिगमा मिडल्सबर्ग र वेष्ट ब्रोमसँगको खेल गुमाउने छन् । तर उनी बिहीबार हुने युरोपा लिग अन्तर्गत रोस्तोभसँगको खेलमा भने खेल्न पाउने छन् । यो सिजन अहिलेसम्म २६ गोल गरेका इब्राहिमोविच आउँदो अप्रिल ४ मा एभर्टनसँग हुने खेलबाट प्रिमियर लिगमा फर्किने छन् ।

Share.

Leave A Reply