फागुन २५ – सप्तरीमा सोमबार प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्र महतोको उपचारको क्रममा ज्यान गएको छ ।
गम्भीर घाइते महतोको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । यससँगै सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।