play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आगलागीबाट सात लाखको क्षति

0

फागुन २४,
रत्ननगर । कालिका नगरपालिका १ शक्तिखोरमा दुई वटा पसल सञ्चालन गरिएको एक घरमा आगोलागी हुँदा करिब ७ लाख रुपैया बराबरको धनमाल जलेर खरानी गएको छ । स्थानीय रामदेबी राईको कच्ची घरमा आगोलागी हुँदा उनले सञ्चालज गरेको पोखरेली खाजा घर र राजु मगरले सञ्चालन गरेको किराना तथा चटपट पसलका सामाग्रीहरु जलेर खरानी भएको हो । खरले छाएको राईको घरमा खाना पसल र किराना पसल सञ्चालन गरिएको थियो । पसल सञ्चालन गरेको एक महिला पनि नवित्दै घरमा आगोलागी भएर आफु रित्तीएको राइले बताईन । फागुन १ गते पोखराबाट आएर चार गते राईले शक्तिखोरको सम्फ¥याङ भन्ने ठाउँमा खाजा पसल सञ्चालन गरेकी थिईन । विद्युत सर्ट भएर विहान साढे पाँच बजे आगोलागी भएको प्रहरीले बताएको छ । आगोलागीबाट राईको नगद ३० हजार सहित फ्रिज एक थान,दराज एक थान,टेलिभिजन एक थान,किराना सामाग्री तथा लत्ता पकडा सबै जलेर करानी गएको राईले बताईन । आगलागीबाट राईको डेढ तोला सुन समेत जलेर नष्ट भएको छ । त्यसैगरी राजु मगरको २० हजार नगद सहित किराना सामाग्री,लत्ता कपडा जलेर नष्ट भएका छन । खरको घर भएकाले घर भित्रका कुनै पनि सामाग्री जोगाउन नसकिएको मगरले बताए ।

Share.

Leave A Reply