एमालेको पार्टी कार्यालयमा मोर्चाका कार्यकर्ताद्वारा आगजनी

0

फागुन २४ – नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत  आयोजना गरिएको जनसभाको अन्तिम समयमा भएको सप्तरी घटनापछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलबार सिरहाको लहानस्थित नेकपा एमालेका क्षेत्र नम्बर १ को कार्यालयमा आगजनी भएको छ ।

मोर्चा कार्यकर्ताले इलाका प्रहरी कार्यालय लहानबाट मुस्किलले दुई सय मिटर पश्चिमतिर मुख्य सडकसँगै जोडिएको लहान–१ स्थित एमाले क्षेत्रीय कार्यालयमा रहेको फर्निचर, कागजात सडकमा ल्याएर जलाएका हुन् । भाडामा रहेको पार्टी कार्यालयको झ्यालका केही सिसाहरु फुटेका छन् । मोर्चाका कार्यकर्ता सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतका ठाउँहरुमा सडकमा टायर बालेर प्रर्दश गरिरहेका छन् । मोर्चाकाले आह्वान गरेको बन्दका कारण सिरहा एम्वुलेन्स र मोटरसाइकल बाहेकका समारी साधन चलन सकेको छैन । पसल, बजार तथा शिक्षण संस्थाहरु बन्द रहेका छन् ।

Share.

Leave A Reply