play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

राष्ट्रपति र पूर्वराजा एउटै मञ्चमा उपस्थित भएनन्, राष्ट्रपति फर्किएपछि पूर्वराजा जाने

0
फागुन २४,चौधरी ग्रुपले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। विभिन्न धार्मिक कार्यक्रमसहित आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले धामको उद्घाटन गरेकी हुन्। सो अवसरमा उनले शिलालेखसमेत अनावरण गरिन्। उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका अलावा राप्रपा अध्यक्ष कमल थापा, प्रधान सेनापति राजेन्द्र क्षेत्री, पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवाल, स्वामी कमल नयनाचार्य, स्वामी जयशंकर लगायतको उपस्थिति थियो। ७ बिघाहा क्षेत्रफलमा फैलिएको सो धामको १८ वर्षअघि स्वामी शंकराचार्यले शिलान्यास गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै चौधरी ग्रुपका सञ्चालक तथा शाश्वत धामका संस्थापक विनोद चौधरीले धार्मिक ज्ञान दिने साझा थलोका रुपमा धाम निर्माण गरिएको बताए। धाममा मुख्य पूजा भने पूर्वराजा ज्ञानेन्द्र शाहले गर्दैछन्। राष्ट्रपति र पूर्वराजा एउटै मञ्चमा उपस्थित हुने भनिए पनि राष्ट्रपति फर्किएपछि मात्र पूर्वराजा कार्यक्रममा सहभागी हुन लागेका हुन्।
Share.

Leave A Reply