play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सुनसरीमा बाढीका कारण ज्यान गुमानेको संख्या १० पुग्यो,६ जना वेपत्ता,१३ हजार जना प्रभावित

0

साउन २९ – सुनसरीमा बाढीका कारण ज्यान गुमानेको संख्या १० पुगेको छ । ६ जना अझै पनि हराइरहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर र डुवेर सुनसरीमा माया राई, रुपेश राई, रुश्मती राई, माला सदा, सिपी साह, इश्वर सुनुवार, अनिता धिमाल र डोमीदेवी मण्डलको ज्यान गएको छ । यस्तै एक मागीखाने पुरुष र खोलाले बगाएकी महिलाको भने सनाखत हुन सकेको छैन् । बाढी र डुवानका कारण सुनसरीमा १३ हजार जना प्रभावित भएका छन् भने ४५ सय जना विस्थापित भएका छन् । केहीको उद्दार जारी छ । यस्तै जोखिममा रहेका ५ सय नागरिक उद्दारको पर्खाइमा रहेका छने ।इनरुवा, भोक्राहा, वविया, बसन्तपुर, घुस्की लगायतका ठाउँका नागरिक उद्दारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । डुवान केही कम भएका ठाउँमा राहत वितरण सुरु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply