सुनको भाउ आज तोलामा एक हजार रुपैँया घट्यो

0

असोज १७ – सुनको भाउ आज तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन आज सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।दसैँको बिदा सुरु हुनुअघि गएको मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply