play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

सिनर्जी एफएमले आयोजना गरेको प्रतियोगितात्मक बाल कवि सम्मेलन सम्पन्न

0

भदौ २९,
राष्ट्रिय बाल दिवशका अवशरमा सिनर्जी एफएम ९१.६ मेगाहर्जले आज आयोजना गरेको प्रतियोगितात्मक बाल कवि सम्मेलन सम्पन्न भएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुलमका संगम बस्याल प्रथम हुनुभएको छ । सोहि विद्यालयका विज्ञान भट्टराई द्धितीय हुनु भएको थियो । वेदवेदाङ्ग विद्यालय देवघाटका कपिल घिमिरे तृतीय भएको सो कार्यक्रममा शरदपुर माध्यमिक विद्यालयकी गिता कार्की सान्तवना हुनुभएको हो ।
आचार्य लक्ष्मण भण्डारी र सिनर्जी एफएमका स्टेसन म्यानेजर अमर प्रधान सो प्रतियोगिताको निर्णयक रहनुभएको थियो । प्रतियोगिताको निर्णय सुनाउँदै निर्णयक मण्डलका अचार्य भण्डारीले अग्रजबाट सिकेर मौलिक शैलीमा कविता लेख्न र वाचन गर्न बालकविहरुलाई सुझाव दिनुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनुभएका बालकविहरुलाई एफएमका प्रबन्ध निर्देशक सहन प्रधान र स्टेसन म्यानेजर अमर प्रधानले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा चितवन, नवलपरासी र तनहुँ आसपासका बाल कविहरुको सहभागिता रहेको थियो । सिनर्जी एफएमले आफ्नो स्थपनाकाल देखि नै बाल दिवशको अवशर पारेर प्रतियोगितात्मक बालकवि सम्मेलन गर्दै आएको छ ।

Share.

Leave A Reply