सिकलसेल एनिमियाका कारण दाङमा तीन जनाको मृत्यु

0

असोज २६,
दाङमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु भएको छ । नियमित उपचार गराइरहेका तीन जनाको मृत्यु भएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । दाङमा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।
बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पु¥याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिनुभयो । केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिनुभयो । मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।

Share.

Leave A Reply