play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

सरकारले प्रदेशकै संरचनाअनुसार इम्बोस्ड प्लेट वितरण गर्ने-तत्काल नम्बर प्लेट उत्पादन स्थगन

0

भदौ २१, सर्वत्र विरोध भएपछि अञ्चलको नाममा निर्माण र वितरण हुँदै आएको इम्बोस्ड नम्बर प्लेटको उत्पादन रोकिएको छ।

देश संघीयतामा गइसकेको सन्दर्भ अञ्चलको नाममा नम्बर प्लेट उत्पादन नगर्ने निर्णय भएको भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए।

व्यवस्थापिका संसदको विकास समित बैठकमा बोल्दै मन्त्री बलायरले हाल प्रदेशको नम्बर अनुसार उत्पादन गर्ने नामाकरणपछि नामअनुसार उत्पादन गरिने उनले बताए। त्यसको लागि ठेकेदार कम्पनी पनि सहमत भएको उनको भनाइ छ।

सुरू भए पनि धेरै उत्पादन नभएकोले यसलाई परिवर्तन गर्न कुनै गाह्रो नभएको उनको भनाई छ। त्यसका लागि नियमावली संशोधन गर्नुपर्ने भएकोले सो प्रक्रिया पूरा नभएसम्म तत्काल नम्बर प्लेट उत्पादन स्थगन गरिएको मन्त्री बलायरले जानकारी दिए।

साउन ९ गतेदेखि बागमतीबाट सुरू भएको इम्बोस्ड नम्बर प्लेट यातायात विभागका ८ वटा गाडीमा मात्र जडान भएको छ। बाँकी ७५ वटा गाडीले नम्बरका लागि आवेदन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए।

Share.

Leave A Reply