सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देशको सुचिमा चीन पहिलो नम्बरमा

0

असोज २७ । अमेरिकालाई समेत जितेर चीन विश्वकै सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ ।उत्तरी चीनको तियानजीन सहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालैमात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एन्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् ।उनले गतवर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दाबी गरे ।
२० वर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ ।यस वर्षमात्रै चीनले ४०० ओटा आइसक्रिम प्रदर्शनी सन्चालन गरेको छ । (रासस/सिन्ह्वा)

Share.

Leave A Reply