play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सफल यौनक्रियाका लागि………

0

सफल यौनक्रियाका लागि लिंगमा निश्चित सीमासम्म कडापन हुन जरुरी हुन्छ । नत्र लिंग योनिमा प्रवेशसम्बन्धी समस्याहरू देखा पर्छन् । लिंगमा कत्ति पनि कडापन नआई योनिमा प्रवेश हुनै नसक्नु । यसो भयो भने सम्भोगबाट सन्तुष्टि प्राप्त हुँदैन । यस्तो यौन विकारबाट ग्रस्त व्यक्ति उदास र निराश हुन्छ । उसले पत्नीका सामुन्ने हीनता र लाजको अनुभव गर्छ । पुरुषहरूको यो यौन समस्याबाट निकै धेरै पुरुषहरू पीडित छन् ।
१५ देखि २० प्रतिशतपुरुष यो समस्याबाट पीडित भएको एक अध्ययनले देखाएको छ । उमेर ढल्कँदै गएको खण्डमा यो रोग अझ बढ्ने सम्भावना हुन्छ । यो समस्याले पीडित व्यक्तिमा मनोविकारहरू जस्तैः दुश्चिन्ता तथा डिप्रेसन आदिबाट ग्रस्त भएको देखिन्छ । यो यौन समस्यालाई पहिला नपुंसकता (इम्पोटेन्स) भनिन्थ्यो ।
अतःनपुंसकता पुरुषको यौन विकार हो, जसद्वारा महिला पनि ज्यादै चिन्तित, असन्तुष्ट र दुःखी हुन्छन् । यो यौन विकार विभिन्न रूपमा देखा पर्न सक्छ । जस्तैः
– लिंगमा कहिल्यै पनि तनाव नआउनु ।
– व्यक्तिले लिंग तनावमा आएको कहिल्यै महसुस नगर्नु ।
– पहिला–पहिला लिंगको तनाव ठीकठाक रहनु, तर बिस्तारै–बिस्तारै वा अचानक लिंगमा तनाव नआउने समस्या देखा पर्नु ।
– लिंगमा तनाव आउनु, तर लिंगलाई योनिमा प्रविशिष्ट गर्नुपूर्व वा गर्ने बित्तिकै ढिलापन आउनु ।
– लिंगमा अलि–अलि तनाव आउनु ।
– बिल्कुल तनाव नआउनु आदि ।
एक अध्ययनका अनुसार ४० देखि ७० वर्ष उमेरका ५० प्रतिशत पुरुष लिंगमा तनावसम्बन्धी समस्याले ग्रस्त छन् । तीमध्ये १० प्रतिशत पुरुषमा बिल्कुल तनाव नआउने पाइएको छ ।
कारणः
यस समस्याका प्रमुख दुई कारण छन् । ती हुन्ः शारीरिक कारण तथा मनोवैज्ञानिक कारण ।
शारीरिक कारण : जीर्ण शारीरिक रोग लिंगमा तनाव कम हुने समस्या तथा नपुंसकताको कारण बन्न सक्दछ । मधुमेह, ढाड तथा मेरुदण्डका रोगहरूले यस समस्या पैदा गर्न सक्छन् । यसै गरी औषधिहरूको सेवनका कारण पनि यो समस्या देखापर्छ । एन्टिडिप्रेसेन्ट प्रयोग गर्ने ९० प्रतिशत मानिस लिंगमा तनावको समस्या देखा पर्छ।
मनोवैज्ञानिक कारण : यो समस्याको प्रमुख कारण मनोवैज्ञानिक नै हो । जस्तो कि प्रकाश र ज्योतिको केसमा दुवैले निराशा महसुस गरेका छन् । आत्मविश्वासको कमी तथा प्रेममा शंका, उपशंकाले गर्दा यो समस्या देखा परेको हो । यसैगरी निम्नलिखित मनोसामाजिक कारणबाट पनि यो समस्या देखा पर्न सक्दछ ।
पत्नी आकर्षण नलाग्नु । पत्नीको व्यवहार ठीक नहुनु । पत्नी यौनक्रियाप्रति व्यावहारिक नहुनु । पत्नी असस्वस्थ र विसन्चो भइरहनु । यौनसम्बन्ध स्थापित गर्दा अरूले देख्ने, समातिने र दण्डित हुने डर र चिन्ता । विफलताको भावना । दोषपूर्ण यौन व्यवहार । अन्तद्र्वन्द्व, कुण्ठा र अपमानका भावनाहरू । पतिपत्नीबीच झैंझगडा । आशा अनुरूप यौन व्यवहारको अभिव्यक्ति नहुनु आदि ।
समस्याको उपचार : लिंगमा तनावको समस्यको कारण मनोवैज्ञानिक हो कि शारीरिक हो, त्यो पहिचान गर्नुपर्छ । यस्तो पहिचानका लागि चिकित्सको सहयोग आवश्यक हुन्छ । समस्या शारीरिक वा मनोवैज्ञानिक हो भन्ने कुरा अवगत गर्न निकै कठिन हुन्छ । यस्तो स्थितिमा समस्याको सही डायग्नोसिसका लागि विशेष जाँच गर्न आवश्यक पर्नसक्छ । तर नपुंसकताको सिकार भएका व्यक्तिको लिंग यदि सुतेको बेलामा, सपनामा वा अन्य कुनै बेला पूरा तनावमा आउँछ भने समस्या मनोवैज्ञानिक मान्नुपर्छ । यदि तनावको समस्या बिस्तारै‍-बिस्तारै कम हुँदै गएको छ भने यो समस्याको कारण शारीरिक हुन सक्दछ ।
मनोवैज्ञानिक कारणले उत्पन्न भएको यौन समस्याको उपचारका लागि मनोवैज्ञानिक विधि आवश्यक हुन्छ । जस्तैः यौन शिक्षा, मानसिक उपचार, दाम्पत्य चिकित्सा, व्यवहार चिकित्सा तथा किग्निटिभ बिहाभियरथेरापी आदि । मनोवैज्ञानिक कारणबाट उत्पन्न भएको नपुंसकताका लागि पनि औषधि तथा वैक्युम पम्प आदिको प्रयोग पनि गर्न सकिन्छ ।
शारीरिक कारणबाट भएको नपुंसकताको उपचारका लागि पहिला शारीरिक रोगको पहिचान गर्नुपर्छ । रोगको निदान भएपछि नपुंसकता आफैं ठीक हुन्छ । तर कतिपय अवश्यतामा रोग ठीक भएपछि पनि नपुंसकताको समस्या रहिरहने हुँदा यस्तो अवस्थामा मनोवैज्ञानिक विधिका साथै निम्नलिखित तरिका उपनाउन सकिन्छ ।
यो मनोवैज्ञानिक रोग भएकाले उपचारका लागि सीबीटी सबैभन्दा उपयुुक्त हुन्छ । तर सीबीटीले प्रभावकारी कार्य गरेन भने औषधि तथा अन्य साधनलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यस विकारको उपचारमा तीन औषधिहरू भियग्रा, लेभिट्रा तथा सियलिस निकै चर्चा छ । सन् १९९८ मा बजारमा आएको भियग्रा (सिल्डेनाफिल)ले मस्तिष्कमा विद्यमान लिंग तनाव गराउने स्नायु रसायनलाई क्रियाशील बनाउने मान्यता राख्दछ । भियग्रा यौन क्रिया सुरु गर्नुभन्दा ३० देखि ६० मिनेट पहिला सेवन गर्नुपर्छ । सन् २००३ मा बजारमा आएको औषधिहरू लेभिट्रा (भर्डेनाफिल) तथा सियलिस (टैडालाफिल) हुन् । तर यस्ता औषधिको प्रति प्रभाव हुने गर्छ । सबैका लागि उपयुक्त नहुन सक्दछ । यस्ता औषधिहरू चिकित्सकको परामर्श बिना आफैं सेवन गर्नु हुँदैन ।

Share.

Leave A Reply