play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

सञ्चारकर्मी सुनारको तीज गीत ‘फुरुरु फुरुरु नाच बरिलै’

0

साउन १४,
चितवनका तीन कलाकारले निर्माण गरेको फुरुरु फुरुरु नाच बरिलै तिज गितको विमोचन गरिएको छ । जिवी सुनार, धनकुमार खड्का र जुना डिसीको संयुक्त प्रस्तुति रहेको सो तीज गितको आज भरतपुरमा पत्रकार सम्मेलन गरी विमोचन गरिएको हो । कलाकार धन बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लोक गायक अमर विरही गूरुङले सो गित बजाएर विमोचन गनुभएको हो ।
जिवी सुनारको लय, शब्द र स्वर रहेको सो गीतमा जुना डिसी र धन बहादुर खड्काले पनि संयुक्त स्वर मिसाएका छन् । विगत तीन वर्ष यता लगातार तीज गीत निकाल्दै आएका तीन कलाकारले यो वर्ष पनि सो क्रमलाई निरन्तरता दिएका हुन् । २०७२ सालमा जिवी सुनारले रचना गरेको झल्को आउँछ माछीलाई खोलीको र २०७३ सालमा अहिलेको तीजैमा तीजको गीत बजारमा आएको थियो ।

Share.

Leave A Reply