संसदको विशेष बैठक भोलि, बाटो खर्च दिएर सांसदहरुलाई विदा गरिने

0

२७ असोज। व्यवस्थापिका संसदका ५९२ सांसदहरु भोलि मध्यराति १२ बजेपछि भूतपूर्व हुने भएका छन् ।बिजनेसका हिसाबले संसदको आजको बैठक अन्तिम भएपनि भोलि विशेष बैठक राखिएको छ, जहाँ सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ ।सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि भोलि अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताए । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नेछन् ।निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।
यसैबीच ४ वर्षअघि २०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट निवर्तमान हुनेछन् । उनीहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा पाउने संसद सचिवालयका प्रवक्ता गौतमले बताए ।यसअघिको प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च भने दिइनेछ ।

Share.

Leave A Reply